२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप २०२३ : फाइनलमा भारतको हालत खराब, अष्ट्रेलियाले बनायो २०४ रन

काठमाडौं । विश्वकप २०२३ को फाइनल खेलमा भारतले अष्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ । जवाफमा अष्ट्रेलियाले ३७ ओभरमा ३ विकेट गुमाएर २०४ रन बनाएको छ । ट्राभिस हेड र मार्नस लाबुस्चेन मैदानमा छन् । यी दुईबीच शताब्दीको साझेदारी रहेको छ । हेडले यो विश्वकपमा आफ्नो दोस्रो शतक प्रहार गरेका छन् । स्टिभ स्मिथ ४ रन बनाएर आउट भए भने मिचेल मार्स १५ रनमा सिमित हुनुपर्यो । बुमराहले दुई विकेट लिएका छन । यसअघि डेभिड वार्नर ७ रन बनाएर आउट भएका थिए । उनलाई मोहम्मद शामीले आउट गरेका हुन ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस