२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले नेतृ ओलीलाई मातृ शोक

काठमाडौं । चर्चित गायिका एवं एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ । उहाँकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा उहाँको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भयो । मृतक ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित हुनुहुन्थ्यो ।

१९९८ सालमा रोल्पामा जन्मिनुभएकी ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराउन सफल भएको थियो । उहाँको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड गरिएको छ । उहाँ नेपाल रेडक्रसको आजीवन सदस्य पनि हुनुहुन्छ । मृतक ओलीलाई श्रदाञ्जली दिन एमालेका नेताहरु अस्पताल पुगेका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस