२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेबाट निर्वाचित वडाध्यक्षको नाम अमिनमा निस्केपछि…

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक वडाध्यक्षले लोकसेवा परीक्षामा अमिन पास गरेका छन । वीरेन्द्रनगर नगरपालिका–१४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका हुन । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित रोकायको नाम अमिनमा निस्केको हो । वडाध्यक्ष रोकायको पालिकामा नाम निस्केको बताइएको छ । तर उनले अब जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खट्ने स्पष्ट पारेका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस