२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले भूकम्पपीडितको उद्दार भन्दा पार्टीको प्रचारमा ध्यान दियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जाजरकोट भूकम्पपीडितको उद्दारमा भन्दा आफ्नो पार्टीको प्रचारमा ध्यान दिएको आरोप लगाउनु भएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

सरकार विकास निर्माण र जनचासोका विषयलाई सम्बोधन गर्ने भन्दापनि गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको आरोप ओलीको छ । ओलीले भन्नुभयो, ‘जाजरकोटमा भूकम्प गयो माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गएका होलान भन्ने सोचेको थिँए जाजरकोट तर माओवादी अध्यक्ष गएका रहेछन् ।’ पूर्वप्रधानमन्त्री ओलीले सरकार संविधान सिध्याउने खेलमा लागेको आरोप पनि लगाउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस