२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काेरिया आएर पाैडेलले भने, तत्काल दुबै देशका राष्ट्रिय ध्वजाबाहकका सिधा उडान हुन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लाेकप्रिय युवा नेता प्रदिप पाैडेलले नेपाल र दक्षिण काेरिया दुबै देशका राष्ट्रिय ध्वजाबाहक जहाज एक-अर्का देशमा सिधा उडानकाे माग गरेका छन् ।”

काेरियाकाे ध्वजाबाहक मात्र सिधा उडानमा हुँदा यात्रुकाे माग धान्न नसकेकाले नेपालकाे ध्वजाबाहकलाई सिधा उडानका लागि तत्काल उडान अनुमति दिन पाैडेलले माग गरे । “

नेपाल-काेरिया संसदीय समूहका अध्यक्ष काेरियाली राष्ट्रिय सभाका सांसद ली साङ्ग ह्वाेनकाे आमन्त्रणमा नेकपा (एमाले) का सांसद एवं पूर्व मन्त्री पदम गिरी, नेपाली कांग्रेसबाट पाैडेल र नेकपा माओवादी (केन्द्र) बाट केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बिना मगर काेरिया आएका छन् ।”

काेरियामा उनीहरुलाई राष्ट्रिय सभाकाे हलमा भव्य स्वागत र सम्मान प्रदान गरिएकाे थियाे । एक कार्यक्रममा दुई देशकाे विकास र सहजताका बारेमा एक अर्का देशका नेतृत्व स्तरका प्रतिनिधिहरुले छलफल गरेका थिए ।”

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस