२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटकको पक्षमा सर्वोच्च अदालतमा १० रिट दायर

काठमाडौं । सामाजिक सद्भाव बिगार्न खोजेको भन्दै सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेपछि त्यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै रिट दायर गरिएको हो । उक्त निवेदनहरूको सुनुवाइ आगामी सोमबार हुनेछ । टिकटकले पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।

जवाफमा प्राधिकरणले टिकटकलाई प्रतिबन्ध लागू गर्न सहयोग गर्नु भनेको छ । साइबर सुरक्षाविज्ञले नेपालमा केही दिनयता एक लाखभन्दा बढी भिपिएन र डिएनएस प्रयोग भइरहेको बताउँदै नि:शुल्क प्राप्त भिपिएन र डिएनएसले डाटादेखि बैङ्क खातामा पनि पहुँच हुने भएकाले प्रयोग नगर्न सुझाव दिएका छन । भिपिएनका उत्पादकले व्यक्तिगत तथ्य तथ्याङ्क चोरी गर्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस