२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाजरकोट भूकम्प : पीडितलाई अष्ट्रेलियाले पाँच करोड सहयोग गर्ने

काठमाडौं । जाजरकोटमा गएको भूकम्प प्रभावितलाई अष्ट्रेलियाले आकस्मिक आवश्यकताका लागि छ लाख अष्ट्रेलियाली डलर सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलिया कोषले करिब पाँच करोड नौ लाख रुपैयाँ रकम उपलब्ध गराउन लागेको हो । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले पश्चिम नेपालमा गएको भूकम्प र त्यसपछिका पराकम्पनबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको बताउँदै दुई देशबीच लामो समयदेखिको मित्रता र सन् २०१५ को भूकम्प र कोभिड–१९ महामारीलगायत संकटका बेला एकअर्कालाई सहयोग गर्ने इतिहास स्मरण पनि गर्नुभएको छ ।

यसअघि नेपालमा रहेको संयुक्त राष्ट्र संघीय जनसंख्या कोषलाई प्रदान गरिएको सहयोगमार्फत तयारी अवस्थामा राखिएका डिग्निटी किट र किशोरी किटहरु १० हजार महिला तथा किशोरीलाई बितरण गरिएको थियो । साथै अष्ट्रेलियाको सहयोगमार्फत प्रजनन सेवा, प्रसूतिसम्बन्धी जटिलता र अन्य सेवाहरु प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई सहयोग गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस