२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस सांसद भन्छन् : मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सङ्घीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको बताउनु भएको छ । आजदेखि रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

अहिले सङ्घीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुन बनाउने कामले पूर्णता पाउन नसकेको उहाँको भनाई थियो । अहिले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनीसमेत दिनुभयो । जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बिचको ठुलो घर सुरक्षित हुनै नसक्ने भन्दै उहाँले विगतमा जे भए पनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस