२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३८ यात्रु लिएर काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ । रुपन्देहीको देवदह नगरपालिका–८ भलुहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बा.प्र. ०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसअघि काठमाडौं आउँदै हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।–सम्पादक

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस