२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झाडीमा सालनालसहित नवजात शिशु फेला

काठमाडौं । झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । हेटौँडाको हुप्राचौरको एक बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन । झाडीमा भेटिएको शिशुको खुट्टा र हातमा सामान्य घाउ छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गरिरहेका छ । हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले जानकारी दिनुभयो । बच्चा कसले सडकमा ल्याएर फालेको हो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धमान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस