काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि चिनियाँ कम्युनिस्ट पार्टीले राहत पठाएको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले २ करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री प्रदान गरेको हो । काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री विभिन्न दलका नेताहरुलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो । छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितसम्म पुग्ने जनाइएको छ ।
राहत हस्ताणतरण कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरूङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठ सहभागिता रहेको थियो । चिनियाँ दूतावासलाई स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न नेताहरुले सुझाएका छन ।