२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हरिवनमा रात्रि बसको ठक्करबाट एक जनाको मृत्यु

Road Accident

काठमाडौं । सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, कडरिया चोकमा हरिपूर्वाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको हो । सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका वृद्ध राईको उपचारका क्रममा राति मृत्यु भएको हो ।

एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव सोही अस्पतालमा छ । दुर्घटनामा संलग्न बस प्रहरीको नियन्त्रणमा छ । चालक फरार रहेका र बस व्यवसायी सङ्घ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको छ । गिरीका अनुसार बसमा सवार रहेका आठ जना यात्रुलाई बुधवार राति नै अर्को बसमा चढाएर काठमाडौँ पठाइएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस