२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोहम्मद शमीको जादूसँगै १२ वर्षपछि भारतको विश्वकप फाइनल यात्रा

काठमाडौं । मोहम्मद शमीले सात विकेट लिएसँगै भारत विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतले कीर्तिमानी ३९७ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डको पुरा टिम ३२७ रनमा आउट भयो । यो विश्वकपमा भारतको लगातार १० औँ जित पनि हो । भारतका लागि मोहम्मद सामीले सर्वाधिक ७ विकेट लिए भने न्युजिल्याण्डको इनिङ्समा ड्यारेल मिचेलले सर्वाधिक रन बनाए ।

उनले ११९ बलमा १३४ रन बनाए । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाएर खेलेका थिए । कप्तान केन विलियम्सनले ड्यारेल मिचेलसँग १८१ रनको साझेदारी गरे । सो क्रममा ड्यारेल मिचेलले ८५ बलमा आफ्नो शतक पूरा गरेका छन । यो विश्वकपमा मिचेलको दोस्रो शतक हो । उनले यो विश्वकपमा भारतविरुद्ध पहिलो शतक प्रहार गरेका हुन् ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस