२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डोडामा बस दुर्घटना हुँदा ३६ यात्रुको मृत्यु, १९ घाईते

Road Accident

काठमाडौं । भारतको जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा आज एक यात्रु बस तीनसय फिट गहिरो खोंचमा खसेको छ । यो घटनामा ३६ यात्रुको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् । यीमध्ये छ जनको अवस्था गम्भीर रहेको स्थानीय अस्पताले जनाएको छ । यात्रु बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गईरहेको थियो । प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोेगमा उध्दार र उपचारको काम गरेका थिए ।

सो यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उध्दार गरिएको थियो । घाईतेहरुलाई स्थानीय किश्तवाड़ जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । गम्भीर घाईतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाईन संस्करणले जनाएको छ । बसमा ५५ जना यात्री सवार थिए ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस