२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाइटिकाका लागि पर्खिएर बसेकी दिदि नभेट्दै २४ र २५ वर्षीय दुबै भाइको निधन

काठमाडौं । मंगलबार ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा मंगलबार साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी छन्। प्रहरीका अनुसार दुवै सिन्धुलीको मरिन गाउँपालिकाका हुन्। उनीहरूलाई उपचार निम्ति पाटन अस्पताल लगिएकोमा त्यहीँ निधन भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस