२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालिका सहित तीन युवती र एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं, २८ कात्तिक । काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने सिता तामाङ नाम गरेकी करिब ३६ वर्षीया महिला आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् । उनको एकिन नाम, वतन खुल्न सकेको छैन ।

रौतहट, राजपुर नगरपालिका–६ कुडिया टोल बस्ने २५ वर्षीया शमसिदा खातुन आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । पर्वत, महाशिला गाउँपालिका–४ धुवाकोट चिसापानी खोलामा सोही ठाउँस्थित धुवाकोट बस्ने ३९ वर्षीय जगत घिमिरे मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी डोल्पा मुड्केचुला गाउँपालिका–७ सर्मी बस्ने बबि सार्कीकी छोरी ४ वर्षीया युनिका सार्कीको आगोले जलेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको भान्छा कोठाको चुलोमा परी जलेर गम्भीर घाइते भएकी उनको स्वास्थ्य चौकी सर्मिमा उपचारपश्चात घरमा ल्याई राखेकोमा उनको मृत्यु भएको हो ।

उता मोरङ सुनवर्षी नगरपालिका–४ कासीजन बस्ने ४५ वर्षीया सरिता देवी दासको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरभित्र सरसफाई गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि रंगेली अस्पताल रंगेलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस