२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले सेमिफाइनलमा यसरी हराउन सक्छ न्यूजिल्याण्डलाई

This is how India can defeat New Zealand in the semi-finals

काठमाडौं । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ । बुधबार शीर्ष स्थानमा रहेर लिग चरण सकाएको भारत र चौथो स्थानमा रहेको न्यूजिल्याण्ड खेल्दैछन् । खेल वाङ्खेडेको मैदानमा दिउँसो २ः१५ बजेदेखि शुरु हुनेछ ।

यो खेललाई लिएर भारतसँगै भारतीय टिमका विश्वभरका फ्यानलाई चिन्ता छ । किनकि भारतले पछिल्लो १० वर्षमा आठ ओटा मुख्य स्पर्धाका सेमिफाइनल र फाइनल हारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका ८६ प्रतिशत लिग जिते पनि नकआउट चरणमा ८९ प्रतिशतमा भारत असफल भएको छ ।

र पनि दिपावलीका बेलामा भारतले हारेको रेकर्ड भने कमै छ । त्यसैले पनि भारतीयहरु उत्साही छन् । एकातिर टिमको विगत र अर्कातिर दिपावलीको वर्तमान ।

यति हुँदा पनि कसरी भारतले न्यूजिल्याण्डलाई हराउन सक्छ भनी विभिन्न अड्कल गरिएको छ । यो मैदानमा ब्याट्सम्यानसँगै सिम र स्विङ गर्ने बलरलाई पनि फाइदाजनक हुने क्रिकेट पंडितहरु बताइरहेका छन् । त्यस्तै दोस्रो इनिङ्समा फ्लडलाइडमा खेल्दा नयाँ बलको सामना गर्न मुस्किल हुनेसमेत बताइएको छ । फेरि रचिन रविन्द्र, मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टजस्ता खेलाडी भारतका लागि टाउको दुखाइ बनिरहेका छन् ।

भारतीय खेलाडीलाई सेमिफाइनलमा हार्ने भय, यस्तो छ कारण यस बीचमा कसरी भारतले हराउन सक्छ त न्यूजिल्याण्डलाई ?

१, पहिले ब्याटिङ गर्नु उपयुक्त– खेलमा टस जित्नु अहम् मानिएको छ । र टस जित्नेले पहिले ब्याटिङ नै गर्ने पनि अनुमान भइरहेको छ । यो मैदानमा पहिले ब्याटिङ गर्नेले जारी विश्वकपमा ४ मा ३ खेल जितेका छन् । यो मैदानमा अहिलेसम्म ३३ खेल भएकामा पहिले ब्याटिङ गर्नेले १७ खेल जितेको रेकर्ड छ ।

२, चुनौती पछ्याउँदै शुरुआती १५ ओभर महत्वपूर्ण– यदि रनको चुनौती पछ्याउने हो भने शुरुआती १५ ओभर सम्हालेर खेल्दा जित्ने सम्भावना बढ्छ । यसको मुख्य कारण हो कि नयाँ बल रातिको फ्डलाइटमा खेल्न मुस्किल हुन्छ ।

३, न्यूजिल्याण्डका पाँचौँ र छैटौँ बलरमाथि दबाब बनाउनु–न्यूजिल्याण्डसँग बलरको धेरै विकल्प भए पनि चार बलर मात्र फुलटाइम हुन् । त्यसैले पाँचौँ र छैटौँ बलरलाई दबाबमा राख्ने हो भने फराकिलो योगफल खडा गर्न सजिलो हुनेछ । ग्लेन फिलिप्स र रचिन पाँचौँ र छैटौँ बलरका रुपमा आउने गर्छन् ।

४, बोल्ट र स्यान्टनरलाई विकेट नदिनु– भारतका लागि ट्रेन्ट बोल्ट र मिचेल स्यान्टनर सामु सावधानी अपनाउन सक्ने हो भने भारतलाई जितको आधार तयार हुनेछ । स्यान्टनर जारी विश्वकपका न्यूजिल्याण्डका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १६ विकेट लिइसकेका छन् । जसमा १५ दायाँ हाते ब्याट्सम्यान हुन् । भारतका अधिकांश ब्याटर दाया हाँते हुन् ।

विश्वकपको दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् ।

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ ।

सेमिफाइनलमा पुग्ने दुई टिम अष्ट्रेलिया र भारत पूर्व विजेता हुन् भने दक्षिण अफ्रिका र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेका छैनन् ।

अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको च्याम्पियन हो । सेमिफाइनलमा विश्वकप नजितेका दुवै टिमले जित्ने हो भने नयाँ च्याम्पियन बन्नेछ ।

वर्षा भए के हुन्छ ?
अहिलेसम्म केही खेलमा मात्र वर्षाले असर गरेको छ । डक वर्थ लेविस नियमानुसार खेल सम्भव भएको छ । तर सेमिफाइनल र फाइनलमा वर्षा भए के हुन्छ ?

सेमिफाइनलको नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । यदि सेमिफाइनलमा एक दिनमा खेल पूरा भएन भने अर्को दिन जहाँ रोकिएको थियो त्यहीँबाट अगाडि बढ्ने छ । रिजर्भ डे मा पनि खेल पूरा हुन सकेन भने लिग चरणको अंक तालिकाका आधारमा विजेता घोषित गरिने छ ।

यदि भारत र न्यूजिल्याण्डबीचको खेल सम्भव भएन भने अंकका आधारमा भारत फाइनलमा पुग्नेछ । त्यसैगरी अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पूरा हुन नसके अंकका आधारमा दक्षिण अफ्रिका फाइनलमा पुग्नेछ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस