२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पश्चिम अफ्रिकी देशमा आक्रमण : कम्तीमा ७० जनाको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकी देश बुर्किना फासोको एउटा गाउँमा अज्ञात समूहले गरेको आक्रमणमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन । समाचार एजेन्सी रोयटर्सका अनुसार अज्ञात आक्रमणकारीहरूले नोभेम्बर ५ मा बुर्किना फासोको उत्तरी क्षेत्रको जाङ्गो गाउँमा आक्रमण गरेका थिए । उनीहरूले मानिसहरूलाई मार्ने मात्र होइन तिनीहरूको सम्पत्तिमा आगो पनि लगाएका छन । ११ नोभेम्बरमा, घटनास्थलमा पठाइएको न्यायिक टोलीले कम्तिमा ७० जनाको मृत्यु भएको जनाएको हो ।

सरकारी वकिलले सोमबार जारी गरेको विज्ञप्तिमा अनुसन्धान जारी रहेको भन्दै मृत्यु हुने र बेपत्ता हुनेको सही संख्या अझै यकिन हुन नसकेको उल्लेख छ । युरोपेली संघले जाओङओ गाउँमा करिब १०० व्यक्तिको नरसंहारको छानबिन गर्न अधिकारीहरूलाई आह्वान गरेको छ । बुर्किना फासो पश्चिम अफ्रिकाका ती देशहरूमध्ये एक हो, जहाँ विगत केही वर्षदेखि रक्तपातपूर्ण द्वन्द्व जारी छ । यसबाट हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस