२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ

२८ कात्तिक, ललितपुर । जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी अधिकारीले पुष्टि गरेका छन् । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

‘पहिले घरमै खेलाउने गरेको सूचना थियो, तर खोजी हुन थालेपछि अहिले क्लासिक टावरको ए ब्लकमा खेलाउने गरेका रहेछन्’, स्रोतले भन्यो, ‘जुवा ऐनअन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’ प्रहरीले उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस