२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Road Accident

काठमाडौं, २८ कात्तिक । काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका-६ बोक्से काभ्रेबगरमा बा.३४ प ८४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल पाखामा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीया गोमा चौलागाईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोमाकै श्रीमान ४८ वर्षीय दिल्ली प्रदाद चौलागाईलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

झापा, कनकाई नगरपालिका-९ मन्त्रीबारीस्थित सडकमा प्र २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय संजय साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, धनुषाधाम नगरपालिका-९ माल टोलमा ज.११ प १२६७ नम्बरको मोटरसाइकल र बीआर ०६ जीडी ८१४७ नम्बरको भारतीय ट्रक एक आपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने १९ वर्षीय राजेश थोकर र मोटरसाइकलमा सवार गणेशमानचारनाथ नगरपालिका-४ बस्ने १८ वर्षीय पेमा मुक्तान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी धनुषा, बिदेह नगरपालिका-२ बिमला नदी पुल नजिक जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको डीपीसी १९०२ नम्बरको रेलको ठक्करबाट भारत बिहार मधुवनी बेलही बस्ने ६० वर्षीय बिन्देश्वर दासको मंगलबार बिहान मृत्यु भएको छ ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-११ चेहेरेस्थित अरनिको राजमार्गमा बा.४ ख ३९३३ नम्बरको बस र बागमती प्रदेश ०२-०१७ प २४० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय संजिव श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिन्धुसदाबहार अस्पताल खाडीचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस