२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटकमाथिको प्रतिबन्ध निरंकुशताको बाटो हो, स्वीकार गरिन्नँ : अध्यक्ष लिङ्देन

Rajendra Prasad Linden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको भन्दै स्वीकार नगर्ने स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध हुनु अनुचित र अनुपयुक्त भएको टिप्पणी गरे ।

‘यो निर्णय निरंकुशताको बाटो हो । कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्नँ’, अध्यक्ष लिङ्देनले लेखेका छन् । उनले अविलम्ब यो निर्णय फिर्ता लिनुपर्ने पनि बताएका छन् ।

‘आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (ट्वीटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाईने अंकुशको विरोध गरिन्छ । टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ’, उनले लेखेका छन् । सरकारले टिकटक प्रतिबन्ध गर्ने निर्णयमा विभिन्न राजनीतिक दलहरुले विरोध गरेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस