काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङबीच भेटवार्ता भएको छ । शनिबार गृहमन्त्री श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको प्रतिनिधि मण्डलबीच गृह मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको हो । प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमुलक रहेको उहाँको भनाई छ ।
चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भुकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने छुङछेङले जानकारी गराउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनैतहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको भन्दै नेपालको विपद तथा विकासमा चीनको सहयोग अमुल्य रहेको समेत उल्लेख गर्नुभयो । भुकम्पमा, कोभिडमा र हाल पनि चीनले गरेको सहयोग अविस्मरणीय रहेकोले यसप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो