२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले नेता बास्कोटा भन्छन : देश सम्हाल्ने तागत एमालेसँग मात्रै छ

उहाँले भन्नुभयो, ‘दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन होइन । एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन हो ।’
Gokul Baskota

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनले देश बनाउने भन्दा बिगार्ने काम गरेको आरोप लगाउनु भएको छ । आज एमाले चौरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । गठबन्धन राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्न नभई एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउनका लागि बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन होइन । एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन हो ।’

प्रधानमन्त्री पनि अब अर्कोले मेरो पालो आयो भन्ने भन्दै देश सम्हाल्ने तागत एमालेसँग मात्रै भएको जिकिर उहाँको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै बास्कोटाले भन्नुभयो, ‘नयाँसँग पनि केही छैन । देखिसक्या छ, थाहा भइसक्यो नि । पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भएजस्तो । केही मतलबको कुरा छैन ।’ यस्तै, नेता बास्कोटाले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन सम्भव नभएको तर्क पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस