२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रभु शाहकी श्रीमती रौतहट मौलापुरकी मेयर रीना साहको पद एमाले छोडेपनि बच्यो

काठमाडौं । सर्वोच्च अदालतले रौटहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै तत्कालका लागि साहको पद पुनर्बहाली भएको छ ।

रौतहटको मौलापुरकी मेयर रीना साहको पद पुनर्बहाली भएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहको पद रिक्त गर्नेमा निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा एमालेबाट प्रमुख जितेकी साहले पार्टी छाडेपछि उनीमाथि कारबाही भएको थियो । निर्वाचन आयोगले एमालेको कारबाहीअनुसार साहलाई पदमुक्त गरेको थियो । सो निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएकी थिइन् ।

अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो । सर्वोच्चको अन्तरिम आदेशमा दलत्याग गरेको नदेखिएको र अर्को दलको सदस्यता लिएको आधिकारिक आधार प्रमाण पेस नभएको उल्लेख छ । प्रभु शाहले भने एमाले त्यागेर संसदीय चुनावमा स्वतन्त्रबाट चुनाव जितिसकेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस