२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्युतीय ट्याक्सी र स्कुटरमात्रैको राइड सेयरिङ एप ‘ईड्राइभ नेपाल’ सुरु

only Electric taxi and scooter ride-sharing app 'eDrive Nepal' launched

काठमाडौं । विद्युतीय सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा आएको छ ।कुल १४ करोड रुपैयाँ लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो । विद्युतीय ट्याक्सी र स्कुटरमात्रैको राइड सेयरिङ एप ‘ईड्राइभ नेपाल’ सुरु

बिहीबार प्रमुख अतिथि नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश बर्तौला, वाग्मती प्रदेशका उपसभामुख अप्सरा चापागाँई र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ईड्राइभ एप र ट्याक्सी सेवाको उद्घाटन गरेका छन् । राष्ट्रिय सभागृहमा उद्घाटन गरेसँगै ४० वटा नयाँ इलेक्ट्रिक ट्याक्सीले टुँडिखेलको एक चक्कर लगाएका थिए ।

हाल कम्पनी आफैँले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको र थप एक सयवटा ट्याक्सी सञ्चालन गर्ने तयारी रहेकाले खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ ।ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केका अनुसार सेवाग्राहीलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने ईड्राइभ नेपालको उद्देश्य हो । यसको भाडा दर अन्य राइड सेयरिङ सेवाभन्दा सस्तो रहेको र यसमा वान टाइम पासवर्ड (ओटीपी) प्रणालीको प्रयोग गरिएको छ । सेवाग्राही र चालकबीच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ । त्यस्तै, कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ पनि स्थापना गरेको जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस