२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुगु सामूहिक हत्या प्रकरण : मामाका छोरासहित २ जना समातिए

All four bodies of the Mugu massacre at the headquarters for autopsy

काठमाडौं । एकै परिवारका ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन । यहीँ कात्तिक ८ गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो । हत्या आरोपी दुई जनालाई बिहीबार पक्राउ गरेर आज दिउँसो जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्दैछ । पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

लुटपाटको उद्देश्यले हत्या भएको भनिएपनि घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी आएको छैन । मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो । हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत टोली सक्रिय भएर लागेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस