२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनतेरसका दिन बढ्यो सुन, कति छ मूल्य ?

काठमाडौं । धनतेरसका दिन आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार तोलमा एक हजार रुपैयाँले बढ्दै १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार हुँदैछ । यता चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस