२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वयम्भुको मुख्य सडकमा कलाकार सुजनको मृत्यु

Artist Sujan dies on the main street of Swayambhu

काठमाडौं, कात्तिक २४ । काठमाडौंको स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान काठमाडौं महानगरपालिका-१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वम्भुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) पुर्णिमा चन्दले जानकारी दिए ।

मोटरसाइकलमा २ जना सवार थिए । धादिङका विक्रम तामाङले मोटरसाइकल चलाएका थिए भने त्यसको पछाडी सुजन तामाङ बसेका थिए । परिवारका अनुसार केही समय अगाडी मात्रै ‘मृत्यु’ बोलको गित निकालेका सुजन कलाकारितामा रुचि राख्थे । मोटरसाइकल चालक विक्रम भने ट्रमा सेन्टरमा उपचाररत छन् । घाइते विक्रम सशस्त्र प्रहरी बलका जवान हुन् ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस