२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२०८० सालमा हुने एसइइको लागि आवेदन खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० कार्तिक २४ गतेदेखि मंसिर मसान्त भित्र नियमित शुल्कमा र पुस १ गतेदेखि १५ गते भित्र विलम्ब शुल्कमा आवेदन दिन सकिने जनाएको छ ।

एसईईमा सामावेश हुनका लागि शैक्षिक सत्र २०८० मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेत) आवेदन दिनुपर्ने छ ।

फाराम भराउनका लागि बोर्डले सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश, शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तहका शिक्षा शाखार महाशाखा, विद्यालय तथा विद्यार्थीलाई सूचित गरेको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस