२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के कारणले कलिलै उमेरमा अस्ताइन् अभिनेत्री दीपाशा बीसी

काठमाडौं । अभिनेत्री दीपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकी उनको आज निधन भएको हो ।

आज दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । अस्पताल स्रोतका अनुसार उनलाई अस्पतालमा ल्याउँदा विष सेवन गरेको अवस्था थियो ।

‘उहाँलाई बुधबार साँझ अस्पतालमा ल्याइएको थियो । परीक्षणका क्रममा विष सेवन गरेको पाइयो,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको आज दिउँसो निधन भएको हो ।’

जलपरी नामले चिनिएकी उनले ‘चाल’, ‘बिरानो माया’, ‘दुलही रानी’ लगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस