२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको मुद्दामा अदालतबाट आज आयाे यस्तो आदेश

Sandeep Lamichane

२३ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ ।

बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानून व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको हो । यो विवादको निरुपण न्यायाधीश घिमिरेको इजलासले नै गर्नेछ ।

गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । सो मुद्दामा पटक-पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस