२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

money exchange rate in nepal today

कार्तिक २२, काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३७ रुपैयाँ र बिक्री दर ८५.७५ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ १२ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ १४ पैसा र बिक्री दर १० रूपैयाँ १९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५८ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३०.३७ पैसा र विक्रीदर ४३२.३१ पैसामा कारोबार हुनेछ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस