२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले जाजरकोट र रुकुममा एकहजार स्वयंसेवक खटाउने, एक करोडको जनश्रमदान हुने

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय बैठकले आगामी १ मंसिरदेखि स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष विष्णु पौडेलले बताए । पौडेलका अनुसार, एमाले स्वयमसेवकले पाँच हजार कार्य दिनमा एक करोड बढीको काम गर्नेछन् ।

स्वयम सेवक परिचालनको संयोजन कर्णाली प्रदेश कमिटीले गर्ने एमालेले निर्णय गरेको छ । बैठकले भूकम्प पीडितहरुका लागि संकलित राहत सामग्री प्रभावकारी वितरण गर्न सरकारसँग माग राखेको छ ।

‘राहत संकलन भएर प्रभावकारी वितरण नभएको, राजनीतिकरण भएको र त्यहाँ विपद् पर्यटन जस्तो देखिएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको उपाध्यक्ष पौडेलले बताए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस