२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फार्मेसी सहायक पदको सरकारी परीक्षामा सहभागी सबै फेल

२२ कात्तिक, काठमाडौं । फार्मेसी सहायक पदका लागि लिएको परीक्षामा एक जना पनि उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ ।

आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण नभएका हुन् ।

आयोगले जारी गरेको सूचनाअनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा लिखित परीक्षामा १३ जना सहभागी भएका थिए ।

यसैगरी पोखरा कार्यालयमा महिला कोटामा १ जनाको माग भएकोमा लिखित परीक्षामा ३ जना सहभागी भएका थिए ।

तर कोही पनि उत्तीर्ण नभएको आयोगले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस