२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिने बताउनु भएको छ । उहाँले क्रिकेट रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अगाडि बढाउने जानकारी दिनु भएको हो । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको पनि बताउनुभयो ।

खेलाडीहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएको पनि उहाँले उल्लेख गर्नुभयो । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ । कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुने उहाँले जानकारी गराउनुभयो । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएपछि सरकारलाई पनि उत्प्रेरित गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस