२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महेश बस्नेत भन्छन् ‘रोमान्स’ भनिएकाे भाइरल भिडिओ मेराे हैन, चरित्र हत्यारालाई अगाडि उभ्याउछु

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भएको छ । बन्द कोठाको बेडमा खिचिएको उक्त भिडियोमा एक पुरुष र महिला देखिएका छन् । उनीहरू रोमान्टिक मुडमा छन् ।

टिकटकमा भाइरल भएको उक्त भिडिओमा देखिएका पुरुष एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत दाबी गरिएको छ । एमाले नेताको ‘रंग लीला’ भन्दै उक्त भिडियो सेयर गर्नेहरूको संख्या बढ्दै गएको छ ।

भिडिओमा महिला टिकटक बनाइरहेका छन् भने महेश बस्नेत दाबी गरिएका पुरुष चाहिँ ओछ्यानमा पल्टेका छन् । छोटो भिडियोमा देखिएका पुरुषको अनुहार बस्नेतसँग मिल्दो देखिन्छ । महिलाले सेल्फी स्टाइलमा रेकर्ड गरिरहेको भिडियोको सुरुमा उक्त पुरुष पनि देखिन्छन् । तर, भिडियो रेकर्ड भइरहेको थाहा पाएपछि सिरकले अनुहार छोपेको देखिन्छ ।

भिडियो भाइरल भएपछि बस्नेतले फेसबुकमार्फत केही व्यक्तिहरूको नाम तोकेर आफूलाई बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको र “एआई” प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो बनाइएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखका छन्– ‘एमाले नेताहरू र विशेष गरी मलाईसमेत बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको छ । मनोज मानव भन्ने युटुवेले धेरै मान्छेको चरित्रहत्या गर्ने शृङखला चलाइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो जेनेरेट गरेर मेरो चरित्र हत्या गर्ने हर्कत गरेको छ ।’

उनले फेसबुकमार्फत पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकलाई भ्रममा नपर्न अनुरोध गर्दै यथार्थ सबै छिटो बाहिर आउनुका साथै अराजकतावादी र अपराधीहरुलाई कारबाहीकाे दायरामा ल्याइने समेत बताएका छन् ।

उनले आफ्नाे चरित्र हत्या गर्नेलाई चाँडै कानूनी दायरामा ल्याएर आम नागरिकको अगाडि उभ्याउने बताएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस