२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाजुरातर्फ सर्याे भूकम्प : अचानक जाेडदार धक्काले मान्छेहरुकाे भागाभाग

२१ कात्तिक, काठमाडौं । बाजुरामा भूकम्पको धक्का गएको छ । बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो । यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।

केही समयअघि सुदूरपश्चिमकै बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने यही कात्तिक १७ गते राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस