२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अवैध रूपमा बाह्य मुलुक लैजान लागेको युरोसहित एक जना पक्राउ

काठमाडौं, २० कात्तिक । अवैध रूपमा बाह्य मुलुक लैजान लागेरको युरो ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट युरो ५ सय दरको ४ थान, २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

कटुवा पेस्तोल बरामद
थाक्रे गाउँपालिका-२ कार्की टोल बस्ने ३१ वर्षीय रञ्जन बानियाको गोठको छानोमा लुकाई राखेको एकनाले कटुवा पेस्तोल १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्ले र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त टोलीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । हाल फरार रञ्जनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस