२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१६ वर्षपछि भएको चुङको कोरियाली मन्त्री स्तरको भ्रमणले दुई देशबीच सहकार्यको थप ढोका खुल्यो

After 16 years ministerial visit to Korea opened more doors for cooperation between the two countries

काठमाडौं । गणतन्त्र कोरियाका राष्ट्रपतिका विशेष दूत तथा गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ ह्वाङ क्युनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नोभेम्बर १ देखि ३ गतेसम्म नेपालको भ्रमण गरेको थियो । मन्त्री चुङ र प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कृषि तथा पशुपन्छी मन्त्री बदुराम भुसाल लगायत नेपालका उच्चस्तरीय अधिकारीहरुसँग शिष्टाचार भेट गरेका थिए ।’

मन्त्री बेदुराम भुसालले दुई देशबीचको सहकार्यलाई मजबुत बनाउने उपायबारे छलफल भएको बताएका छन् । सामसुङ इलेक्ट्रोनिक्सको दक्षिणपश्चिम एसिया क्षेत्रीय प्रमुख कार्यकारी अधिकृत पार्क जोङ–बियोमसँगै राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा मन्त्री चुङले सामसुङ इलेक्ट्रोनिक्स र कोएन (कोरिया साउथ) जस्ता कोरियाली कम्पनीहरूले नेपालमा गरेको लगानीको अवस्था बारे का सम्बन्धमा चासो लिनुका साथै उपलब्धि बारे जानकारी गराए ।

मन्त्री चुङले दुई देशबीचको आर्थिक सहयोग, रोजगार अनुमति प्रणाली (इपिएस), विकास सहकार्य जस्ता विभिन्न क्षेत्रमा भावी सहयोग योजनाका बारेमा पनि नेपाली उच्चस्तरीय अधिकारीसँग छलफल गरे । भेटमा उनले कोरियामा काम गर्दा नेपाली युवाले कृषि सीप सिकेको र नेपाल फर्किएपछि नेपाली कृषिको विकासमा सहयोग गरिरहेको बताउँदै आगामी दिनमा दुई देशबीचको यो पारस्परिक हितकारी सहयोगलाई थप विस्तार गर्ने प्रस्ताव राखे ।’

मन्त्री चुङको नेपाल भ्रमण १६ वर्षको इतिहासमा कोरियाबाट भएको पहिलो कोरियाली मन्त्रीस्तरीय नेपाल भ्रमण हो । भ्रमणले दुई देशबीचको कृषि सहयोगलाई थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ । भ्रमणका क्रममा गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीचको कृषि सहयोग एमओयूमा समेत हस्ताक्षर भएको छ ।’

 

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस