२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमबीबीएसको तयारी गरिरहेकी दिदिबहिनी भुकम्पमा पुरिए..

two sister who was preparing for MBBS was killed in the earthquake

काठमाडौं । शुक्रबार मध्यरातमा भूकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भूकम्पले घर भत्किँदा उनले दुई छोरी र एक आफन्त गुमाए । उनी आफैँ, जेठी छोरी र श्रीमती पनि घाइते छन् । सिंह दम्पतीको जिल्ला अस्पताल जाजरकोटमा र छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका भाइ सुरेन्द्र सुमन सिंहले बताए ।

सिंहकी माइली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन् । सम्पूर्ण प्रक्रिया सकेर भिसाको प्रतीक्षामा थिइन् । कान्छी छोरी १८ वर्षीया उर्जा प्लस टु सकेर एमबीबीएसको तयारी गर्दै थिइन् । उनीहरूसँगै बितेकी २५ वर्षीया मेलिना इन्जिनियरिङ पढ्दै थिइन् । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

तीन छोरी, एक आफन्तकी छोरी र श्रीमतीसहित उनी खलंगामा बस्दै आएका थिए । उनको परिवार बसेको घर भूकम्पमा भत्किँदा उनीहरू भग्नावशेषमा पुरिए । रातको समय भएकाले उनीहरूको तत्कालै उद्दार हुन सकेन । चार घण्टापछि उद्दार हुँदा चार जनाको मृत्यु भइसकेको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस