२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई तेस्रो झड्का, कुशल भुर्तेल समेत आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानसँग खेलिरहेको नेपाललार्ई तेस्रो झड्का लागेको छ । नेपालको तेस्रो विकेट ढलेको छ । ‘

बिलाल खानले २.४ ओभरमा आसिफ शेख आउट गरेका थिए । ६ बलमा मात्र ६ रन जोड्दै आसिफ आउट भए । अहिले सन्दीप जोरा र कुशल भुर्तेल आउट भएका छन् । सन्दीपलाई जीशान मकसूदले आउट गरे । लगत्तै आकिब इलियासले नेपालका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल आउट गरे । भुर्तेलले २२ बलमा देशका लागि ३१ रनको योगदान दिए ।

अहिले कुशल मल्ल र कप्तान रोहित पौडेल क्रिजमा छन् । नेपालले यो समाचार तयार पार्दा ८.५ ओभरको खेलमा तीन विकेट गुमाउँदै ५३ रन जोडेको छ । ’

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस