२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादीले भूकम्प पीडितलाई ५० लाख दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूको राहत र पूनर्निमाणको लागि ५० लाख दिने निर्णय गरेको छ। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।”

आजको बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।

यसअघि नेपाली कांग्रेसले पनि पीडितहरुको राहत र पूननिर्माणको लागि ५० लाख दिने निर्णय गरिसकेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १० लाख दिने निर्णय गरेको छ । ”

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस