२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी बागमती अध्यक्ष र रुकुमेली युवाहरूको पहलमा राहत सामाग्री प्रभावित क्षेत्र पठाइयो

On the initiative of Rukumeli youth relief materials were sent to the affected areas

काठमाडौं । रुकुम (पश्चिम) र जाजरकोट लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि काठमाडौंमा रहेका रुकुमेली युवाहरूले जिन्सीका समान संकलन गरी प्रभावित क्षेत्र पठाएका छन् । माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीको पहलमा ४० थान बक्स टेण्ट र ३ बन्डल म्याट्रीक्स संकलन गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माको पहलमा महिला दिदिबहिनीहरुको लागि १०० थान तातो बर्को, १०० थान तन्ना र १०० थान लेह्ङ्गा उपलब्ध गराएको लोकेन्द्र ऐरीले जनकारी दिए । उनका अनुसार सहयोग जुटाउने प्रयास निरन्तर जारी रहेको र अन्य सामान पनि भोलि पठाउने तयारी गरिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस