२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपाधि जितेर भूकम्पका घाइतेका लागि शक्ति र मृतकमा श्रद्धाञ्जली स्वरुप समर्पण गर्न चाहान्छौं – रोहित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपालले ओमानको सामना गरिरहेको छ । नेपालले टस जितेर ब्याटिङ सुरु गरेको छ । टियु क्रिकेट मैदानमा खेल सुरु हुनुअघि नेपालका कप्तान रोहित पौडेलले उपाधि जितेर नेपालका भूकम्पबाट घाइते भएकाहरुका लागि शक्ति र मृतकप्रति श्रद्धाञ्जली स्वरुप समर्पण गर्ने बताए । ‘

क्यानलेपनि आजको खेलमा बिक्रि हुने सबै टिकेटको आधा रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ । खेल अगाडि उपस्थित खेलप्रेमी, खेलाडी र खेल पदाधिकारीहरु सबैले उभिएर एक मिनेट मौन धारण गरेका थिए ।’

नेपाल यसअघि नै विश्वकपमा छनौट भइसकेको छ। यो खेल छनौट श्रृखलाको विजेताका लागि हुने छ। नेपाल अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने टी २० विश्वकप खेल्ने छ। नेपालसगै ओमानपनि विश्वकपका लागि छनोट भएको छ। यसअघि नेपाललाई ओमानले समुह चरणको खेलमा पराजित गरेकाले नेपालले त्यसको बदला लिने छ भने ओमान उक्त जितलाई कायमै राख्ने रणनीतिका साथ मैदानमा उत्रने छ ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस