२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वविजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिर, अस्ट्रेलियासँग पराजित

World champions England out of World Cup, lost to Australia

अहमदाबाद । साबिक विजेता इंग्ल्याण्ड यस पटकको एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा इंग्ल्याण्ड अस्ट्रेलियासँग ३३ रनले पराजित भएको हो ।

इंग्ल्याण्ड ७ खेलमा ६ पराजयपछि प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्यो । यसअघि बंगलादेश पनि प्रतियोगिताबाट बाहिरिएको थियो । इंग्ल्याण्ड ७ खेलमा मात्र २ अङ्क जोडेको छ । अब उसले नेदरल्याण्ड र पाकिस्तानसँग २ खेल खेल्न बाँकी छ । दुवै खेल जिते पनि उसको ६ अङ्क मात्र हुनेछ, जुन सेमिफाइनल पुग्न पर्याप्त छैन।

अर्कोतर्फ इंग्ल्याण्डलाई हराएपछि अस्ट्रेलियाले ७ खेलमा ५ जित हात पार्दै १० अङ्क जोडेको छ । टोली अङ्क तालिकाको तेस्रो स्थानमा छ । अस्ट्रेलियाको अफगानिस्तान र बंगलादेशसँग २ खेल बाँकी छ । यसमध्ये एक खेल पनि जितेमा टोली सेमिफाइनल पुग्ने छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८६ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको टोली ४८.१ ओभरमा २५३ रनमा अलआउट भयो । इंग्ल्याण्डका लागि बेन स्टोक्स र डेभिड मलानले अर्धशतक बनाए । स्टोक्सले ६४ तथा मलानले ५० रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने मिचेल स्टार्क, प्याट कमिन्स र जोस हेडलवुडले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २ सय ८६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक ७१ रनको पाली खेले । उनले ८३ बलमा ७ चौका हिर्काए । त्यस्तै, क्यामरुन ग्रिनले ४७ तथा स्टीभन स्मिथले ४४ रनको योगदान दिए । मार्कस स्टोइनिस र एडम जाम्पाले क्रमशः ३५ र २९ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस वोक्सले ४ विकेट लिए । त्यस्तै, मार्क वुड र आदिल रसिदले २–२ विकेट लिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस