२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उद्धार कार्यमा सरकारको साथमा छौ, सरकार सक्दैन भने हामी छौं – केपी ओली

१८ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताएका छन् । मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताए । ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरे ।

‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो । सरकारले काम गर्नुपर्‍यो,’ ओलीले भने, ‘मान्छे पुरिएका छन् कि जिउँदै छन् कि तिनलाई निकाल्न सकिन्छ, त्यस काममा सम्पूर्ण शक्ति लगाउनुपर्छ । अध्यक्ष ओलीले सरकारलाई चुनौती पनि दिए । ‘सरकारले गर्दैन भने आफूले सकेको काम नेकपा एमालेले गर्छ’, ओलीले भने । जाजरकोट भूकम्पपछि एमालेले शुभकामना आदानप्रदान कार्यक्रम देशभर स्थगित गरेपनि मधेश प्रदेशको शपथ कार्यक्रममा ओली आफै सहभागी भए ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस