२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफू गएको हेलिकप्टर उद्धारमा छोडेर प्रधानमन्त्री नियमित उडानको जहाजबाट फर्किए

The Prime Minister returned by regular flight

१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गएको हेलिकोप्टर उद्धारमा छोडेर फर्किएका छन् ।

आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानको जहाजबाट प्रधानमन्त्री फर्केका हुन् । ‘प्रधानमन्त्री साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्किन जहाजमा चढ्नुभयो, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेस संयोजक सचिव सूर्यकिरण शर्माले भने ।

आज बिहान पनि प्रचण्ड चढेर गएको हेलिकप्टरले नलगाडबाट ७ जना घाइतेलाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस