२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफू चढेको हेलिकप्टरमा आफैले साहारा दिँदै प्रधानमन्त्रीले घाइतेहरु लिएर आए

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चढेको हेलिकप्टरमा घाइतेहरु लिएर आएका छन् । भूकम्प प्रभावित क्षेत्र तत्कालै हेलिकोप्टरमा पुगेको प्रधानमन्त्रीले सिकिस्त घाइतेलाई आफूसँगै च्यापेर साहारा दिँदै उपचारका लागि ल्याएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत आयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किए । प्रधानमन्त्रीले आफू छेउको सिटमा कोचिएर घाइते र आफन्तसँगै सुर्खेत जाने भनेपछि सेनाले त्यो व्यवस्था गरेको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस