२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपाले डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहितको चिकित्सकको २ टोली जाजरकोटमा पठायो

RSVP sent 2 doctors team to Jajarkot

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको छ । रास्वपाको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठक शनिबार दिउँसो पार्टी कार्यालय चमतीमा बसेको छ । स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक सामग्री ब्यवस्थापन र अन्य आवश्यक उद्धार संयन्त्रको लागि छलफल भइरहेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस