२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प पीडितको लागि पल शाहको पचास हजार सहयोग घोषणा

काठमाडौं । अभिनेता तथा मोडल पल शाहले गए राति गएको भूकम्पबाट पीडितको लागि आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले आफू संलग्न हाम्रो टिम नेपालको मार्फत ५० हजार सहयोग गरेको सोसल मिडियाबाट जानकारी गराएका छन् ।

फेसबुकमार्फत सहयोग घोषणा गर्दै उनले भूकम्पले धेरै घरहरू भत्किएकाले नागरिकहरू खुला आकाशमुनि बस्न र खानपानको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्धार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

शुक्रवार राती ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी यो समाचार तयार पार्दासम्म भूकम्पबाट १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस